×

जसपाको प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

images

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जसपाले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो। प्रतिबद्धता पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक गरे।

पार्टीले प्रतिबद्धता पत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख गरेको छ । 

शासकीय स्वरूपमा परिवर्तन, संघीय संरचनाहरूको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरूको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने लगायतका कार्य गर्न संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्दै जसपाले संविधान संशोधन अहिलेको मुख्य संघर्ष रहेको प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ।

पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने प्रतिबद्धता पनि जसपाको छ ।

यस्तै शक्ति जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैङ्गीक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने प्रतिबद्धता पनि जसपाको छ ।

शनिबार १९ कात्तिक २०७९ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया