×

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन

images

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

images

प्रधानमन्त्रीले भेट्दिन भन्दा चसक्क बिझेको छ- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष दलका नेताहरुसँग भेट्न नचाहेकोप्रति असन्तुष्टि व्यक्...

काठमाडौँको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजकमा चयन गरेको हो । त्यस्तै सम्मेलनले माधवकुमार नेपाललाई सहसंयोजक चयन गरेको छ । 

त्यस्तै सम्मेलनले नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे प्रतिबद्धता जारी गरिएको छ । प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् । नयाँ दलको चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ ।

यसअघि यो एकताप्रति असहमति राखेका नेता झलनाथ खनाल पनि एकता सम्मेलनमा सहभागी भएका छन् ।

बुधबार २० कात्तिक २०८२ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया