काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष दलका नेताहरुसँग भेट्न नचाहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी एकता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताको अनुहार नै हेर्न नचाहेको बताएको आफुले सुनेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रचण्डले भने- 'मलाई थाहा छैन त्यो साँचो हो कि झुटो हो, हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि । प्रधानमन्त्रीले फलाना फलाना नेतालाई त म हेर्नै मन लाको छैन भन्नु भो रे, भन्दाखेरि अलि चसक्क त बिझेको छ, मलाई थाहा छैन प्रधानमन्त्री त्यस्तो भाषा भन्नु भएको हो कि होइन, तर म आशा गर्छु त्यस्तो हुँदैन ।'
प्रचण्डले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन आफुहरुले भूमिका खेलेको बताउँदै संविधान जोगाउन खेलेको भूमिकालाई नजरअन्दाज गरिएको बताए ।
प्रतिक्रिया