×

मेसीको दुई गोलमा अर्जेन्टिनाको भेनेजुएलामाथि शानदार जित

images

काठमाडौँ । अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटमा भेनेजुएलामाथि शानदार जित हासिल गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । त्यस्तै एक गोल लाउतारो मार्टिनेजले एक गोल गरेका थिए ।

यो जितपछि अर्जेन्टिनाको १७ खेलमा ३८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनौट भएको छ । अब विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले आफ्नो अन्तिम खेल सेप्टेम्बर ९ मा इक्वेडरसँग खेल्ने तालिका छ । 

त्यस्तै भेनेजुएलाको भने १७ खेलमा १८ अंक रहेको छ भने  यो हारपछि विश्वकपमा सिधै छनौट हुन असफल भएको छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट ६ देश सिधै विश्वकपमा छनौट हुने छन् भने एक देश इन्टर कन्टिनेन्टल छनौट खेल्ने अवसर पाउने छन् ।

 

शुक्रबार​ २० भदौ २०८२ ०८:०३ AM मा प्रकाशित

प्रतिक्रिया