×

दुबईमा २८औं आदिवासी दिवस हुदै

images

फलेन्द्र मगर / युएई संवाददाता 

अगस्ट -५ "आदिवासी ज्ञानको संरक्षण पुस्तान्तरण मा महिलाको भुमिका " भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासघं , युएईले यस वर्ष पनि विश्व आदिवासी दिवस एक कार्यक्रम गरि मनाउने भएको छ। हरेक वर्ष अगस्ट महिनामा विश्व आदिवासी दिवसको दिनलाई लक्ष्य गरि मनाउदै आइरहेको कार्यक्रम गत वर्ष कोभिड-१९ महामारीका कारण भने हुन सकेन । कोभिड नियन्त्रण भए सँगसँगै यस वर्ष भने १४ अगस्ट का दिन २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसर पारेर   युएई को दुबई शहर स्थित क्लब एभरेस्ट मा हुन लागेको हो ।

कार्यक्रममा आदिवासी जनजातीहरुको पौराणिक महत्त्व झल्कने साँस्कृतिक झाँकी  भेषभुषा, बाजागाजा र घरायसी सर सामाग्री प्रदर्शनी  स्टल राखिनु का साथै आदिवासी युवायुवती हरुको व्यक्तित्व र बौद्धिक विकासका लागी Mr. & Miss Indigenous 2022 प्रतियोगीता समेत रहने  जानाकारी कार्यक्रम संयोजक डम्बर लिवाहाङ लिम्बूले जानकारी दिनुभयो ।

स्थानीय कलाकारहरुको विविध प्रस्तुति समेत रहने उक्त कार्यक्रममा दुबईमा आयोजना भएको एक्सो २०२० अवधी भर विश्व सामु नेपालको मौलिकता साँस्कृतिक सम्पदा र संस्कृति झल्काउन प्रतिनिधित्व गर्दै नेपाल आदिवासी जनजाति महासंघ, युएईका कलाकारहरुले गरेको योगदानको कदर स्वरुप सम्मान गरिने जानाकारी आई ई जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताउनु भयो ।

त्यसै गरि सोही कार्यक्रममा  कोभिड-१९ महामारीको समयमा  समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्दार गर्न स्थानिय प्रशासन सँग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटने स्वयंसेवकहरु लाई समेत सम्मान गरिने कार्यक्रम रहेको छ।

शुक्रबार​ २० साउन २०७९ १०:२५ AM मा प्रकाशित

प्रतिक्रिया