×

दोहोरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

images

काठमाडौं । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । कलावतीका नाममा जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट नागरिकता जारी भएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ ।

बैतडीमा किस्मती चन्दको नामबाट नागरिकता लिएकी उनले कञ्चनपुरमा भने कलावतीको नामबाट लिएको बुझिएको छ ।

बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर झरेकी चन्दले अघिल्लो पतिबाट लिएको नागरिकता नत्यागेर पछिल्लो पतिको नामबाट समेत नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ ।

बुधबार २० असार २०८० ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया