×

तनाव बढेपछि अछामको मंगलसेन निषेधित क्षेत्र घोषणा

images

अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

विनोद शाही मृत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलसेनलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । 

घटनाको विषयमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयमा तोडफोड भएको र दैनिक कामकाजमा समेत अवरोध भएकोले निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ । 

मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत, सरकारी वकिल कार्यालय बैरागी धारा बस काउन्टर, मंगलसेन नगरपालिक र कृषि ज्ञान केन्द्रको आसपासको क्षेत्रमा विरोधका कार्यक्रम गर्न पाइने छैन । 

गत स्थानीय तह निर्वाचनपछि अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही मृत भेटिएपछि मंगलसेनमा लामो समयदेखि तनाव हुँदै आएको छ। 

आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सोमबार पनि मृतकका आफन्तले प्रदर्शन गरेका थिए । त्यसक्रममा मंगलसेन क्षेत्र तनाव बनेको थियो ।

मङ्गलबार २१ असार २०७९ ०५:२४ PM मा प्रकाशित

प्रतिक्रिया