×

पाल्पाको सत्यवतीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

images


काठमाडौं । पाल्पा जिल्लाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

अर्घाखाँची जिल्ला पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतमको शव पहिचान भएको छ । यस्तै अर्घाखाँची पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतमको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–४, धरम पानी बस्ने ७ वर्षका समीर पाण्डेय, सोही स्थानका १० वर्षका अनुप सोमरे, पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षकी आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षकी लक्ष्मी पोखरेल गम्भीर घाइते भएका छन् । अन्य जिल्लाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतम रहेका छन् । यस्तै अर्घाखाँची पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतमको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–४, धरम पानी बस्ने ७ वर्षका समीर पाण्डेय, सोही स्थानका १० वर्षका अनुप सोमरे, पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षकी आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षकी लक्ष्मी पोखरेल गम्भीर घाइते भएको छ । गम्भीर घाइते चार जनाको उपचार भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै अर्घाखाँची जिल्ला पाणिनी–१, का ६६ वर्षका रामबहादुर विक, सोही स्थानका ६ वर्षका संयोग गौतम, सोही स्थानकी ५ वर्षकी पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षका सोलिन परियार घाइते भएको छ । यस्तै गुल्मी जिल्ला रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षका सार्थक ज्ञवाली पनि घाइते भएको छ । घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

रुपन्देहीको सालझण्डीदेखि आइतबार बेलुकी अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप साढे ५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अत्यधिक लोडका कारण जिप दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ । जिप माथिल्लो सडकदेखि ८० मिटर तल सडकमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सोमबार २२ जेठ २०८० १०:०१ AM मा प्रकाशित

प्रतिक्रिया