×

ललितपुरमा वृहत् प्रभातफेरि कार्यक्रम सम्पन्न

images

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा फोहोरमैला सङ्कलन तथा व्यवस्थापनका क्षेत्रमा क्रियाशील निजी कम्पनीहरूको छाता संगठन फोहोरमैला व्यवपस्थापन संघ नेपाल (स्वामान्)ले सोमबार ललितपुरमा वृहत् प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभातफेरी ललितपुरको जाउलाखेल– पुल्चोक– मंगलबजार–इटीटोल– कुमारीपाटी हुँदै जावलाखेलमा पुनः पुगी सभामा परिणत भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि वन तथा वातवारण मन्त्री केशव पोखरेल, विशेष अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुर का प्रमख तुलसीबहादुर श्रेष्ठ, प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनाल, र अतिथिहरूमा गैरसरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहाल, पूर्व वातावरणमन्त्री ई.गणेश शाह, ललितपुर महानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष सन्तोष खड्का र क्विानिज क्लब गर्भनर तिर्थराज सिंह लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा वातावरण विज्ञ तथा सरसफाई अभियानका अभियन्ताहरू, उपत्यकामा कार्यरत फोहोरमैला व्यवस्थापनका क्षेत्रमा क्रियाशील विभिन्न संघसंगठनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।
सोही अवसरमा फोहोरमैला क्षेत्रमा उल्लेख्य कार्य गर्नुहुने मानध्वज मोक्तान, अञ्जु शाह सिंह, बासुदेव उप्रेती, गोपाल बस्नेत, जर्नादनकृष्ण श्रेष्ठ, माधवप्रसाद घिमिरे लगायतका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।  
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निजी क्षेत्रबाट सरसफाईको क्षेत्रमा उल्लेख्य कार्य भइरहेको प्रशंशा गर्दै पर्यवरण संरक्षण क्षेत्रमा सहकार्य गर्दै अघि बढ्न आव्हान गर्नुभयो ।
त्यस्तै, स्वामानका अध्यक्ष धनप्रसाद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै राज्यका तीनै तहका सरकारले फोहोरमैला व्यवस्थापन कार्यको लागि दीर्घकालिन योजनाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले कार्यक्रमलाई प्रत्यक्षपरोक्ष रूपमा सहयोग पु¥याउनुहुने सबैलाई धन्यवाद दिँदै पर्यवरण संरक्षणको क्षेत्रमा स्वामान् सबैसँग हातोमालो गर्दै अघि बढ्ने  बताउनुभयो ।

बुधबार २२ जेठ २०८१ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया