×

नागरिकता विधेयकमा प्रधानमन्त्रीको प्रश्न तपाईले गर्दा ठिक हामीले गर्दा त्यही कुरा कसरी बेठिक?

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि कति वर्षको समयसीमा राख्ने भनेर सहमति खोज्नुपर्ने बताएका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा संसदमा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मात्र यो विधेयक आएको बताए
केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा ल्याएको आध्यादेश र संसदले पास गरेको विधेयकमा तुलना गर्दै प्रधानमन्त्रीले भने, ‘जस्ताको तस्तै । जे अघिल्लो छ, त्यही पछिल्लो छ ।’

उनले अघि भने,नागरिकता विधेयकमा प्रधानमन्त्रीको प्रश्न तपाईले गर्दा ठिक हामीले गर्दा त्यही कुरा कसरी बेठिक? ‘अनावश्यक ढंगले विवादित बनाउँदा जनताले के बुझ्ने ? हामीले के बुझ्ने ?’

सोमबार २२ जेठ २०८० ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया