काठमाडौं । सोमबार सेयरबजारमा ९.६२ अंकको गिरावट आएको छ। लगातार पाचौं दिन पनि सेयर बजारमा गिरावट आएको हो । गत सातादेखि लगातार घट्न थालेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा रोकिएको थियो ।
त्यसअघि गत साताको सोमबार १४.५३ अंक, मंगलबार १५.०८ र बुधबार ८.१४ अंकले नेप्से घटेको थियो । यद्यपि, गत साताको आइतबार भने नेप्से ३.५८ अंकले बढेको थियो । सोमबार नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री र सिटिजन्स सुपर म्युचअल फन्डको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
सोमबार मकर जितुमायाँ सुरी हाइड्रोपावरको सेयर मूल्य ९.३० प्रतिशतले बढ्दा हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । आज राधी विद्युत् कम्पनीको मात्रै ७६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा ङादी ग्रुप पावरको ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख र युनिभर्सल पावरको ४७ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया