काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा माओवादी केन्द्रले जनयुद्ध बेचेर खाइसकेको आरोप लगाएका छन् । बुधबार काठमाडौँमा आयोजित २६औँ यदु स्मृति दिवस कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गुरुङले सो आरोप लगाएका हुन् । माओवादी हिंसा भन्ने शब्दबाट किन भागिरहेको छ ? माओवादबाट किन भागिरहेको छ ? जनयुद्ध त बेचेर खाइसक्यो,” उनले भने ।
उनले माओवादी संकटमा भएर नाटक गरिरहेको बताए । “माओेवादको औचित्य समाप्त भयो । माओवादको ट्याग लगाइरहेको छ । जनयुद्ध ठिक भन्न सकेको छ आज ?,” उनले प्रश्न गरे । माओवादीलाई हिंसाको राजनीतिबाट शान्ति प्रक्रियामा ल्याइएको उनले बताए। नेकपा एमाले रुकुमका तत्कालीन सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार यदु गौतम २०५५ फागुन २१ गते माओवादी कार्यकर्ताबाट मारिएका थिए । उनै गौतमको नामबाट स्थापना गरिएको यदु स्मृति पुरस्कार वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया