काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सुन एक लाख ६९ हजार ५ सय मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी दश रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया