×

बालेनको झापा ५ को सम्पर्क कार्यालयमा ढुंगा प्रहार

images

काठमाडौँ  । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा बुधबार राति ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयको झ्यालको सिसा फुटेको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार राति १२ बजेतिर ढुंगा प्रहार भएको जानकारी आएको छ ।

जिल्लाको कमल गाउँपालिका-२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको पार्टीका एक नेताले बनाएका छन् । तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ । अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।

तोडफोड कसले र किन गरेको हो भन्ने स्पष्ट छैन । पार्टीले यस विषयमा प्रहरीमा जानकारी गराएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  झापा- ५ मा बालेन र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेकाले यस क्षेत्रप्रति सबैको चासो रहेको छ ।

बिहीबार २३ माघ २०८२ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया