×

कर्णालीमा सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

images

सुर्खेत  । कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ । 

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र  स्वतन्त्र सांसद एक/ एकजना छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सिट आवश्यक पर्दछ । 

बिहीबार २१ पुस २०७९ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया