×

समानुपातिक मत- एक करोड चार लाख मत गन्दा , कुन दलले कति मत पाए?

images

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ। विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

 अहिले सम्म १ करोड चार लाख २० हजार १२५ मत गन्दा नेकपा एकीकृत समाजवादीले तोकिएको थ्रेसहोल्ड पुरा नगर्ने देखिएको छ। आवश्यक हुने मतको संख्या बढ्दै जाने तर पाउने भोट भने त्यसको तुलनामा नआइरहेकाले पार्टी केही हजार मतको अन्तरले समानुपातिकमा सिट पाउन र राष्ट्रिय पार्टीको मान्यता पाउनबाट चुक्ने देखिएको छ।

हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी २७ लाख ८८ हजार ३५६ अर्थात २६.७६ प्रतिशत मत पाएको छ। यस्तै  नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ अर्थात २५.५३ प्रतिशत मत पाएको छ। तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १२४ अर्थात  मत अर्थात ११.१५ प्रतिशत मत प्राप्त गरेको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ अर्थात १०.७९ प्रतिशत मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८ अर्थात ५.६३ प्रतिशत मत पाएको छ। जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ अर्थात ४.०४ प्रतिशत मत पाएको छ।

यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार५२३ अर्थात ३.७९ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बनेको छ। यता नेकपा (एकीकृत समाजवादी)ले हालसम्म २ लाख ९४ हजार ३६२ अर्थात २.८२ प्रतिशत मत पाएको छ।

आइतबार​ १८ मंसिर २०७९ ०९:०६ AM मा प्रकाशित

प्रतिक्रिया