×

एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु राजावादी गठबन्धनको नेतृत्व गरेका छन्: प्रचण्ड

images

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफूले देशको नेतृत्व लिने सम्भावना रहेको बताएका छन्। गठबन्धन दलको चुनावी कोणसभालाई गोरखा नगरपालिका-१४, याङकोटमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाबाट निर्वाचन जितेर चुनावपछि आफूले देशको नेतृत्व लिने सम्भावना बढेको बताएका हुन्। 

साथै  उनले प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन्। उनले भने, ‘एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु थिए। संविधान सभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेका होइन रहेछ। ती नेताहरु अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन्।’ उनले कम्युनिष्टलाई एकबद्ध गरेर जाँदा आफूहरुले प्रधानमन्त्री र नेताको रुपमा अगाडि सारेको ओलीले संविधानविरुद्ध लागेको बताए। ओलीले प्रतिगमन गरेपछि हामीले ठुलो संघर्ष परेपछि परास्त गर्न सफल भएको दाबी गरे।

लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको उनले बताए। प्रचण्डले भने, ‘शेरबहादुरजीले नेतृत्व गरेका अग्रगमनको गठबन्धनमा हामी छौँ। अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरुसँग छ।’ उनले अगाडि भने  'सुरेन्द्रराज पाण्डे जितेपछि गण्डकीको मुख्यमन्त्री बन्नेछन्। यो निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ। मैले जिते गोरखाको विकासमा तीव्रता ल्याउँछु,' उनले भने, 'म यसअघि  रोल्पा र काठमाडौंबाट लडेको हो। मेरो आवश्यकता र उद्देश्य देशलाई शान्तितिर लैजानु थियो। सिरहामा मधेशको विश्वास जित्न गएको हो।'

चितवनका जनताले प्रचण्ड रोल्पा, काठमाडौं र सिरहा गएको गुनासो गरेपछि तेस्रो चुनाव आफूले गृहजिल्ला चितवनमा लडेँको उनको भनाइ छ। उनले गोरखामा पनि विकास र समृद्धिको सपना बोकेर आएको उनले बताए।  'धेरैले बाटोकै कुरा गर्नु भयो। सबै धुला बाटाहरूलाई पिच गर्ने वाचा गर्छु', उनले भने, 'गोरखकाली रवर उद्योगलाई पनि नयाँ योजना ल्याउँछु। माओवादी र कांग्रेस मिलिसकेपछि यहाँ असाधारण बहुम आउँछ। देशमा अन्यत्र भन्दा गोरखामा अत्यधिक मत ल्याएर विजयी भएमा ठूलो सन्देश जान्छ।'

दाहाले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने बताए। 'गोरखाको जित संसारले देख्नुपर्छ। यहाँ हामीले राम्रोसँग मतदान गर्यौँ भने यसको सन्देश संसारभर जान्छ', उनले भने।

शुक्रबार​ १८ कात्तिक २०७९ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया