×

दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

images

सप्तरी । दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला निकै चर्चामा छ। यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ गर्न उम्मेदवार र विश्लेषकहरू जति व्यस्त देखिन्छन्, मतदाता भने त्यति उत्साहित देखिँदैनन्। यस क्षेत्रका निर्णायक मतदाताहरू मौन छन्।

यस क्षेत्रका मतदाताहरू मत माग्न आउने तीनै जना मुख्य प्रतिस्पर्धी उम्मेदवारलाई हुन्छ हुन्छ भनिरहेका छन्। मत माग्न आउने उम्मेदवारहरूलाई मतदाताहरू आश्वासन दिँदै फर्काइरहेका छन्। तर मतदान गर्ने उम्मेदवारलाई मतदाताहरूले यसपालि मनभित्रै राख्दा यस क्षेत्रको चुनावी परिणामको आंकलन जटिल बनेको छ।

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरी २ मा सिके राउत नयाँ चेहरा हुन। उनी यस क्षेत्रमा पहिलोपटक चुनाव लड्दै छन्। जयप्रकाश ठाकुर भने यस क्षेत्रका लागि पुरानै नाम हो।

उनी ०७४ को संसदीय निर्वाचनमा उपेन्द्र यादवसँग पराजित भएका थिए। ठाकुरसँगै सिके राउत प्रतिस्पर्धामा उत्रीएपछि उपेन्द्रलाई यस क्षेत्रमा जित दोहर्‍याउन सकस परेको छ। तर, मधेस आन्दोलनको लिगेसी, नीतिगत अधिकारको सुरक्षा, भौतिक विकासले उनको वजन भारी बनाएको छ। उनी निर्वाचित यो क्षेत्रमा विकासले तुलनात्मक रूपमा फड्को मारेको आमजन बताउँछन्।

सप्तरी निर्वाचन क्षेत्र नं २ मा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाहरू रहेका छन्। १६ वटा वडा रहेको राजविराज नगरपालिका जसपाले जितेको छ भने आठवटा वडा रहेको तिलाठी गाउँपालिका काँग्रेसले जितेको छ। लोसपाले दुईटा गाउँपालिका जितेको छ। सातवटा वडा भएको छिनमस्ता गाउँपालिका र छवटा वडा भएको महादेवा गाउँपालिका लोसपाले जितेको छ। नागरिक दैनिकबाट

शुक्रबार​ १८ कात्तिक २०७९ ०८:२६ AM मा प्रकाशित

प्रतिक्रिया