×

वाम एकतापछि पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' हुने

images

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ८ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ । 

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा जारी राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नयाँ बन्ने पार्टीको बारेमा जानकारी गराएका हुन् ।

प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको बताउदै पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने बताएका हुन् । 

आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

मङ्गलबार १९ कात्तिक २०८२ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया