×

रामकुमारी झाँक्रीको अपिल: धैर्यताका साथ संवाद जारी राखौ

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पंक्तिलाई छलफलमा बसेर धैर्यताका साथ संवाद जारी राख्न अपिल गरेकी छन् ।

नेतृ झाँक्रीले सामाजिक सञ्जालमा आग्रह, पुर्वाग्रह त्यागेर यो आन्दोलनलाई सहि दिशामा पुर्‍याउनुपर्ने भन्दै अहिले हतार गर्नुपर्ने कुनै कारण नभएको बताएकी छन् । राजनीतिक जीवनमा उतारचढाव आउने भन्दै हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्: 

राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै। हरेक मान्छेमा बैचारिक भिन्नता हुन्छ। बिचारमा मतभेद हुन्छ। कार्यशैली फरक हुनसक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन हो। त्यसकारण हाम्रा विचमा कयौँ मतभेदहरू होलान्, त्यसको बाबजुद हामी सबै छलफलमा बसौं। आग्रह/पुर्वाग्रह त्यागौं । यो आन्दोलनलाई सहि दिशामा पुर्‍याउँ। हतार गर्नुपर्ने कुनै कारण छैन। धर्यताका साथ संवाद जारी राखौं।  हामीले लिन खोजेको निर्णयहरू नै सहि निर्णय हुन् । आजको आवश्यकता पनि यहि हो। तर निर्णयमा पुग्न केही समय लाग्न सक्छ नि !

 

मङ्गलबार १९ कात्तिक २०८२ ०९:४२ PM मा प्रकाशित

प्रतिक्रिया