×

विश्वासको मतको विवादमा हेर्दाहेर्दै मङ्गलबार सुनुवाइ हुने

images

सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ ।

आज समय अभावका कारण हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलास सुनुवाइ प्रारम्भ भए पनि आज नभ्याएका कारण भोलिका लागि राखिएको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परशुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइ दायर गर्नुभएको थियोे । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।

सोमबार १८ भदौ २०८० ०६:४६ PM मा प्रकाशित

प्रतिक्रिया