काठमाडौँ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतको मुख्य कम्पनि मेटा सरकारको सम्पर्कमा आएको छ ।
मेटाको सिंगापुरस्थित कार्यालयका कर्मचारीले सञ्चार मन्त्रालयमा सम्पर्क गरेर दर्ता हुने विवरण मागेको प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिएका छन् । मेटाका एक कर्मचारीले मन्त्रीका स्वकीय सचिवसँग दर्ता गर्ने विवरण माग गरेपछि सो विवरण इमेलमार्फत पठाएको उनले जानकारी दिएका छन् ।
मन्त्रालयले आजै २६ सामाजिक सञ्जाल कम्पनिलाई बन्द गर्न दिएको निर्देशन बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनिलाई ति सामाजिक सञ्जाल निष्क्रिय गराउन पत्राचार गरिसकेको छ ।
प्रतिक्रिया