×

फोहर व्यवस्थापन र वातावरण संरक्षणलाई टोल सुधार समिति

images

बूढानीलकण्ठ नगरपालिका–१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौसदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ । फोहर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न सो समिति गठन गरिएको हो । 

टोलबासीको आज बिहान भएको भेलाले समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई चयन गरेको छ । 

 रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्काे भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने छ । समितिले शान्तिसुरक्षा, फोहर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।  

शनिबार २१ जेठ २०७९ ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया