×

जेनजी आन्दोलनका क्रममा खटिएका प्रहरी इन्चार्जहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

images

काठमाडौं । नेपाल प्रहरीको हेड क्वाटरले भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि कुनै पनि समय बोलाउन सक्ने भन्दै आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जहरुलाई काठमाडौँ उपत्यका नछोड्ने अवस्था मिलाउन निर्देशन दिएको हो ।

भदौ २३-२४ को आन्दोलनको जाँचबुझ आयोगले अनुसन्धानक क्रममा बयान लिने क्रम शुरु गरेको छ । यसैक्रममा आयोगले नख्खु कारागारका प्रमुखको बयान लिएको छ ।

 

सोमबार १८ कात्तिक २०८२ ०६:२६ PM मा प्रकाशित

प्रतिक्रिया