×

सीप कार्यक्रममा सूचीकृत हुन आग्रह

images

काठमाडौँ, १७ कात्तिक - काठमाडौँ महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ । 

उक्त कार्यक्रम कामपाले आफ्नो कार्यक्षेत्रमा रहेका ५६ माविमा गत वैशाख १२ गतेदेखि सुरु गरेको थियो । माध्यमिक तह  कक्षा ९ र १० मा शिक्षामा सीप सञ्चालन हुने सामुदायिक विद्यालयका लागि प्रशिक्षक सूचीकृत हुन आग्रह गरिएको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो । हाल कामपामा २९ वटा सामुदायिक विद्यालय छन् ।  

उहाँका अनुसार पाठ्यपुस्तकबाट प्राप्त सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक, व्यावहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको हो ।

यस कार्यक्रमका लागि १०  विषय राखिएको छ ।  कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली ९हेयर स्टायल०, काष्ठकला तथा नक्कासी ९कुँदेर बेलबुट्टा भर्ने काम०, पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान ९वायरिङ एन्ड इलेक्ट्रिकल०, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने ९परम्परागत० कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषयहरु हुन् ।    

दश विधामध्ये मूर्तिकला विधा तालिमका लागि कामपा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भइसकेकाले बाँकी नौ विधाका लागि मात्रै सूचीकृत गर्न पाइनेछ ।  


दश क्षेत्रमा तालिम कक्षा सञ्चालन गरिरहेको व्यक्ति तथा संस्था सूचीकृत हुनयोग्य हुनेछन् । सूचीकृत सेवा प्रदायक संस्थाको अनुभवलाई ४० अङ्कमा, जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण तालिमलाई ४० अङ्कमा, प्रविधि हस्तान्तरणसम्बन्धी प्रतिविद्वतालाई १० अङ्कमा र आर्थिक तथा प्राविधिक क्षमतालाई १० अङ्कमा मूल्याङ्कन गरेर प्रशिक्षक छनोट गरिनेछ । 

जनशक्तिको योग्यता, अनुभव र प्रशिक्षक प्रशिक्षण सूचकमा, तालिम संयोजकको शैक्षिक योग्यता स्नातकोत्तर भए पाँच अङ्क र स्नातक भए तीन अङ्क दिइनेछ । तालिम संयोजन गरेको अनुभवलाई प्रतिवर्ष एक अङ्क र बढीमा पाँच अङ्क दिइनेछ । ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्चर ९टिआइटिआई० वा मान्यता प्राप्त संस्थाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त योग्यतालाई पाँच अङ्क दिइनेछ ।  
 

शुक्रबार​ १७ कात्तिक २०८० ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया