काठमाडौं महानगरपालिकाले आगामी सोमबारबाट कल सेन्टर चलाउने भएको छ । महानगरपालिकाको मेयर बालेन्द्र साह(बालेन)ले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार सोमबारबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।
महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबारबाट पहिलो चरणमा कल सेन्टर चलाउने तयारी गरेको ढकालले जानकारी दिए ।
उनका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने छ । अहिले प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहको गुनासो फरवार्ड हुनेछ ।
महानगरभित्रका सडक,ढल पूर्वाधार, बजार अनुगमन, स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रमा गुनासो आउन सक्छ सोहि अनुसार महानगरका विभिन्न विभागहरुमा आएका गुनासोहरु फरवार्ड गरेर कारबाही हुने ढकालले बताए ।
सामुदायिक विद्यालयमा पनि गुनासो आउन सक्ने भएकोले अर्को चरणमा महानगर भित्रका सामुदायिक विद्यालयमा पनि कल सेन्टरको लिङ्क जोडेर तत्काल समाधान तर्फ जाने तयारी भएको ढकालले बताए । टोल फ्री नम्बर राख्ने तयारी रहेको महानगरमा ११८० नम्बरको कल सेन्टर हुने सम्भावना रहेको छ ।
प्रतिक्रिया