पीएसजीद्वारा लियोनल मेस्सी निलम्बित

    images

    काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको भन्दै मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

    निलम्बन अवधिमा मेस्सीले पीएसजीमा प्रशिक्षण र खेल्न पाउने छैनन् । मेस्सीले पछिल्लो पटक आइतबार लोरिएन्टविरुद्धको खेल खेलेका थिए ।

    ३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताईएको छ । क्लबले मेस्सीलाई जरिवाना समेत गरेको छ ।

    मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् । विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ। मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् । एजेन्सी

    बुधबार २० बैशाख २०८० ११:३२ AM मा प्रकाशित

    प्रतिक्रिया