×

देश चिनाउने माध्यम खेलकुद- मन्त्री आले

images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताउनुभएको छ । आज बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रहेको बताउनुभएको हो । 

उहाँले विभिन्न देश खेलकुदका माध्यमबाट संसारमा चिनिएका दृष्टान्त प्रस्तुत गर्दै मुलुकमा खेलकुदको विकासका लागि उचित नीति र वातावरणको आवश्यकतामा जोड दिनुभयो । मन्त्री आलेले भारत क्रिकेट खेलकै कारण विश्वभर चिनिएकाले हाम्रो देश नेपाल पनि खेलकुदकै कारण संसारमा चिनाउन आवश्यक छ भन्नुभयो । संसारका ठूला अनुसन्धानहरुले पनि स्वस्थ्य मानव जीवनका लागि खेलकुद नै ठूलो स्रोत भएको देखाएका उहाँले उल्लेख गर्नुभयो । 

त्यस कार्यक्रममा मन्त्री आलेले सिमरा सङगसाला जाने बाटो साँघुरो भएको र यातयातका साधन आवतजावतमा पनि समस्या भएकाले नागरिक उड्डयन प्राधिकरणसँग सल्लाह गरी बाटो फराकिलो बनाउनका लागि पहल गर्ने आश्वासन समेत दिनुभयो । 
यसैगरी मन्त्री आलेले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न अर्थ मन्त्रालयमा बजेटको सुनिश्चितताका लागि पत्र पठाएको र बजेटको व्यवस्था भएपछि स्तरोन्नतिको काम गरिने बताउनुभयो । 

आइतबार​ २० चैत २०७८ ०९:०० AM मा प्रकाशित

प्रतिक्रिया