×

क्यान अध्यक्षलाई विश्वप्रकाशको प्रश्न : खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालाना गर्नुपर्दैन ?

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपी सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा प्रधानमन्त्री र नेपाल क्रिकेट संघ क्यानका अध्यक्षको ध्यानाकर्षण गराएका छन् । साथै शर्माले आरोपी  लामिछानेको विषयमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेका छन् ।  

अध्यक्ष चन्दलाई फोन गरेर शर्माले खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन भन्दै प्रश्न गरेका हुन् ।  क्यानले नाबालिग बलात्कारको अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने प्रक्रिया सुरु गरेपछि महामन्त्री शर्माले त्यस्तो प्रश्न गरेका छन् ।

बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ । यसको विरोध भइरहेको छ । सामाजिक सञ्जालमा #BoycottCAN अभियान नै चलेको छ । चन्दसँग भएको सम्वादबारे उनले ट्वीटरमा लेखेका छन्, ‘क्यान अध्यक्षलाई फोनमा सोधें : खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?’

शर्माका अनुसार चन्दले सन्दीपलाई टिममा नराख्ने हो भने लिग टू अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग आसन्न त्रिकोणात्मक शृंखलाको नजिता नेपालको अनुकूल नआउन सक्ने तर्क गरेका थिए । चन्दसँग आफूले फोनमा कुरा गरेको शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। अध्यक्ष चन्द नेपाली कांग्रेस बैतडी सभापति समेत हुन्। 

‘क्यान अध्यक्षलाई फोनमा शोधें- खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुन्छl ध्यानाकर्षण गराउँदछु- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस् ! मौनता जिम्मेवार जवाफ हुन्न !!,’ शर्माले लेखेका छन्। 

 

शुक्रबार​ २० माघ २०७९ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया