काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् आइतबार ८ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७१ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३१४ वटा धितोपत्रको दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच भएको हो। सोमबार १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ वटाको घटेको छ। यस्तै ६ कम्पनीको स्थिर रहेको छ।
सोमबार कारोबार भएकामध्ये १२६ कम्पनीको मूल्य बढेको छ । ११२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सोमबार २ करोड ३० लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भयो । यसले समग्रमा १० अर्ब ५४ करोड १७ लाख ४६ हजारको कारोबार भएको छ । सोमबार कारोबार रकम सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रह्यो । यो कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । जसले गर्दा यो उपसमूहको सूचक ५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया