×

किराँत याक्थुङ चुम्लुङ, युएई ले बलिहाङ ताङनाम पर्व मनाउदै

images

फलेन्द्र मगर / युएई संवाददाता 

किरात यक्थुङ चुम्लुङ युएई र संघिय लिम्बुवान समाजिक मञ्च युएईको संयुक्त रुपमा बलिहाङ तङनाम पर्व मनाउन गईरहेको हो । 6 नोभेम्बर 2022 मा वर दुबईको Astoria hotel को याक एण्ड यति एभरेष्ट क्लब मा  voice of Nepal season 2 का बिजेता राम लिम्बूको बेजोड सांगीतिक प्रस्तुति का साथै स्थानिय कलाकारको पनि प्रस्तुति रहनेछ ।

वलिहाङ तङनाम वास्तवमा याक्थुङ लिम्बू  जातिको एक महत्त्वपूर्ण चाडपर्वको रुपमा मनाउदै आईरहेका छ। " याक्थुङ लिम्बूको मौलिक संस्कार, संस्कृति र पहिचान सहितको अस्तित्व आजको आवश्यकता " भन्ने मुल मन्त्र का साथ कार्यक्रम हुन गइरहेको ,जानकारी किराँत याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल लावती ले जानकारी गराउनु भयो । बिशेष प्रस्तुतिमा केलाङ,यालाङ(धान) नाचका सहित विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ । 

 यस तङनामको बारेमा इतिहासमा अनेक कथनहरु पाइन्छन । प्राचीन काल किराँत राज्यको पालामा देशमा बलिहाङ/वालिहाङ नामको अति नै प्रजाप्रेमी र शक्तिशाली किराँती राजा थिए। आफ्नो देश भित्र जनताका सारा दु:ख सुखमा उनले साथ दिन्थे। आफ्ना राज्यका प्रजाहरुले खाए नखाएको बुझि सबैले खाएको खबर नआएसम्म खादैनथे। यस कारण प्रजाहरु राजा प्रति अति नै प्रभावित थिए। उनी त्रिकालदर्शी पनि थिए। एक दिन राज सभा बोलाएर मन्त्री , सल्लाहकार र देशबासी हरु को नाउँमा मा । मेरो दिन पुगेको र स्वर्ग जादैछु । त्यसैले देशमा झैझगडा नगरी बस्नु भनेर वाणी दिए । तब सारा प्रजा हरु को आँखाबाट आँसु झार्न थाल्यो । रुवाबासीले राजदरबार नै सोकाकुल बन्यो। अन्त्यमा प्रजाहरुले राजा सँग बिन्ती बिसाए । महाराज यस मृत्युु लाई  रोक्न कुनै उपाय छ कि छैन ?

यदि छ भने हामी सो उपाय अवलम्बन गर्न तयार छौ भने। तब प्रजाहरुको बिन्ती सुनेर राजाले भने कार्तिक महिनाको औंसी को अँध्यारो रातमा काल मलाई लिन आउदैछ । त्यस बखत प्रत्येक घर घरमा लिपपोत गरेर दियो बालेर उज्यालो बनाउनु । यस्तो उज्यालो र सर सफाइ देखेर काल आउन सक्तैनन् र मेरो प्राणको रक्षाको लागि तागेरा निङवाफु माङको अटुट प्रार्थना गर्नु " भनेर हुकुम भयो। तब सबै प्रजाहरुले राजाले भने जस्तै घर आँगन सफा लिपपोत गरेर प्रत्येक घरघरमा झिलिमिली गरेर बत्ती बालेर तागेरा निङ्वा फु माङसँग बेलुका भयो भने "लारिङ्गेक" र बिहान घामम झुल्किने "नाम्लिङ्गेक" भन्दै प्रार्थना गरे। तब प्रजाहरुको प्रार्थना र उज्यालोमा काल लिन आउन सकेनन् र राजा फेरि पुनर्जीवन पाए ।

राजाले  नयाँ अवतार पाएको खुशियालीमा  राजा बाट हुकुम बक्स  भयो, अब यो देशै भरि घरघरमा  पुगेर देउसी भैलो खेलेर मनोरञ्जन गर्नु भनी आदेश भयो र सोही परम्परा अहिलेसम्म लिम्बू समुदायमा पर्व तङनामको रुपमा रहन गएको किम्बदन्ती पाइन्छ । कोभिड-१९ महामारी को कारणले नियमित रुपले हरेक वर्ष हुँदै आइरहेको  कार्यक्रम केहि वर्ष भने हुन सकेको थिएन । यस कार्यक्रमको मुख्य प्रायोजक युमा साम्यो महासभा , युएई र पिपल ट्राभल्स एन्ड टुर्स रहेको छ ।
 

बुधबार १६ कात्तिक २०७९ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया