×

आदिवासी जनजाती युवा महासंघ, युएई द्वारा शैक्षिक सामाग्री वितरण

images

 काठमाडौ - " विपन्न बालबालिकाको शिक्षामा लगानी
सुनिश्चित भविष्यको थालनी " "शिक्षित परिवार देश बिकासको आधार आजको बालबालिका भोलिको कर्णधार '' भन्ने मुल नाराको साथ आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा, युएईले आफ्नो वार्षिक निति तथा कार्यक्रम अन्तर्गत  सामुदायिक र आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब परिवारका छात्रछात्रा हरु लाई शैक्षिक सामाग्री सहयोग हस्तान्तरण-२०८० अभियान अन्तर्गत पहिलो चरण मा  काभ्रेपलान्चोक जिल्लाको माहाभारत गाउँपालिका -८ घर्तीछाप गातबेसीमा अबस्थित श्री अम्बिश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत छात्रछात्रा हरु लाई स्थानीय जनप्रतिनिधि र विद्यालय को प्राध्यापक लगायत शिक्षक शिक्षिका हरु को उपस्थितिमा युएई बाट गएका महासंघका सल्लाहकार डि बि लुङ्गेली मगर र महासचिव सबिन मोक्तानले हस्तान्तरण गरे । 


दोस्रो चरणमा श्री चण्डी आधरभुत बिद्यालय स्याङ्जा ,चापाकोट ३ दुकाडाडा कार्तिक १५ गते का दिन स्थानीय जनप्रतिनिधि र विद्यालय का शिक्षक र शिक्षिका हरु कै रोहवरमा बालबालिका हरु लाई शैक्षिक सामाग्री अन्तर्गत झोला वितरण गरे । त्यसैगरी तेस्रो चरण अन्तर्गत झापाको जिल्ला स्थित श्री साधुपर्ति प्राथमिक बिद्यालय झापा बार्हदशी -१ मा कार्तिक १९ गते वितरण गर्ने जानकारी कार्यकारी अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए।

बिहीबार १६ कात्तिक २०८० ०८:१६ AM मा प्रकाशित

प्रतिक्रिया