×

सरकारद्वारा प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति प्रदान

images

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको हो । मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्यान्डसँग दुईपक्षीय हवाई सम्झौता गर्न स्वीकृति दिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

 उनकाअनुसार यसअघि प्राधिकरणले नेपाल र स्वीजरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच प्रारम्भिक हवाई सम्झौता गरेको थियो। जसअनुरूप मन्त्रीपरिषदको बैठकले दईपक्षीय हवाइ सम्झौताका लागि स्वीकृति दिएको उनले बताए। दुवै मुलुकसँग हवाई सम्झौता भएपछि वायुसेवा कम्पनीहरूले यी मुलुकमा उडान गर्न पाउनेछन्। हाल नेपालले ४० वटा मुलुकसँग दुईतर्फी सिधा उडानको सम्झौता गरेको छ।


 

बुधबार १६ कात्तिक २०७९ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया