×

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

images

चितवन, १८ असार : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । 

आज यहाँ एक कार्यक्रमको आयोजना गरी  उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।  

त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति   अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताउनुभयो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उहाँले आएको बताउनुभयो ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।

मङ्गलबार १८ असार २०८१ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया