इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।
विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो ।
साथै इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आइस्पानको भनाइ छ ।
विद्युत् भाडाको विवाद समाधानको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरणपछि उच्चस्तरीय समिति गठन भएर दिएको प्रतिवेदनलाई पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकको आरोप छ ।
प्रतिक्रिया