वायुसेवा कम्पनीले मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गर्न थालेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो निर्णय अनुसार विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हवाई पूर्वानुमान शाखाबाट मौसम सम्बन्धी रिपोर्ट लिएर उडान थालेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सामान्य रुपमा आन्तरिक उडान भइरहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार मौसम सफा नभइ आन्तरिक उडानको अनुमति नदिने निर्णय गरेको थियो ।
प्रविधिको प्रयोग नगरि आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइका साथ लागू गरिएको छ । ती क्षेत्रमा उडान भर्दा मौसमसहित उडान सुरु भएदेखि अवतरण हुने ठाउँसम्मको मौसम सफा भएपछि मात्रै उडान अनुमति पाइनेछ ।
प्रतिक्रिया