×

बालाजुमा तरकारी बेच्न नदिएपछि काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीलाई स्थानीयको अवरोध

images

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएका ट्रक नुवाकोटका स्थानीयले रोकेका छन्।

ककनी गाउँपालिका-१ मा सडकमा ढुंगा राखेर स्थानीयले फोहोर बोकेर गएका करिब २ सय गाडी रोकिदिएका हुन्। बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको आरोपमा उनीहरूले फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडा जानबाट अवरोध गरेका छन्।

फोहोर बोक्ने गाडी रोकिएपछि दुवै पक्षबीच वार्ताका माध्यमले समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ। काठमाडौं उपत्यकाबाट दिनहुँ १५ सय टनभन्दा बढी फोहोर बन्चरेडाँडास्थित ल्याण्डफिल साइट जाने गरेको छ। काठमाडौंका सबै स्थानीय तह, ललितपुर महानगर, महालक्ष्मी नगरपालिका, भक्तपुरका भक्तपुरबाहेक स्थानीय तह र बनेपा र धादिङको धुनिवेशी नगरपालिकाको फोहोरसमेत बन्चरेडाँडामै व्यवस्थापन हुन्छ।

शुक्रबार​ १९ बैशाख २०८२ ०२:१५ PM मा प्रकाशित

प्रतिक्रिया