×

युवालाई उद्यमी बनाउने मेरो चाहना हो- सिर्जना सिंह

images

गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले युवालाई उद्यमी बनाउने आफ्नो चाहना भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–१९ को घरदैलो कार्यक्रममा उहाँले युवालाई रोजगारको सिर्जना गर्ने बताउँदै भन्नुभयो, “यो देशमा प्रजातन्त्र ल्याउनका लागि होमिएर आएको महिला हुँ, म युवाको लागि विशेष ध्यान दिनेछु, मैले काठमाडौँका मौलिकता, चित्रकला, वास्तुकला, मूर्तीकलालाई डिजिटल प्रविधि अपनाएर युवालाई उद्यमी बनाउनतर्फ लाग्नेछु”,  उहाँले भन्नुभयो ।

नेत्री सिंहले महिलालाई आर्थिक रुपमा शसक्त बनाउनका लागि रोजगारका कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । काठमाडौँको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले सबै मतदातालाई आग्रह गर्नुभयो । उहाँले गृहणी र एकल पुरुषका लागि विशेष कार्यक्रम अगाडि सार्नेसमेत बताउनुभयो ।

महानगरका सम्पूर्ण वडामा ‘स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । महानगरवासीलाई सहुलियत शुल्कमा स्वास्थ्य उपचार गर्नका लागि सुविधा सम्पन्न महानगरीय अस्पताल निर्माण गर्ने उहाँको भनाइ छ । 

सोमबार १९ बैशाख २०७९ ०९:०४ PM मा प्रकाशित

प्रतिक्रिया