×

कांग्रेसले बोलायो संसदीय दलको बैठक

images

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सभापति एवम् दलका नेता शेरबहादुर देउवाले भोलि (शनिबार) दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन् ।

देउवाले भोलिको बैठकमा संसद्मा पेश हुने नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधिन विधेयक, सरकारको कामकारवाहीलगायतको विषयमा खरो रुपमा प्रस्तुत हुन र हरेक बहसमा सक्रियताका साथ सहभागिता जनाउन निर्देशन दिने बताईएको छ ।

शुक्रबार​ १९ बैशाख २०८२ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया