×

एमाले र जसपा परित्याग गरी आधा दर्जन नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

images

काठमाडौँ । नेकपा (एमाले) तथा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

बुधबार बिहान उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजी निवास खुमलटारमा स्वागत गरेका हुन् ।

यसरी प्रवेश गर्नेहरुमा एमाले बारा जिल्लाका निवर्तमान जिल्ला कमिटी सदस्य केदार गौतम, एमाले निजगढ नगरकमिटी सदस्य मोहन डिसी, रमेश गौतम र राष्ट्रिय युवा परिषद् मधेस प्रदेश सञ्जालको संयोजक श्याम शाह रहेका छन् ।

यसैगरी, निजगढ नगरपालिका–१२ का जसपा निकट गलैचा श्रमिक संघ संगठनका केन्द्रीय सहसचिव किरण लामा, बुद्ध थिङ, निजगढ नगरपालिका–१२ निवासी बाबु थिङ, आदर्श कोतवाल गाउँपालिकाबाट स्थानीय निर्वाचनमा अध्यक्षका प्रत्यासी एवम् एमाले जिम्म कमिटी सदस्य लालबाबुप्रसाद यादवलगायत नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार १८ फागुन २०७८ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया