×

एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु

images

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक भक्तपुरमा सुरु भएको छ। सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गर्दै निर्वाचन आयोगसँग परामर्श थालेसँगै एमाले छलफलमा जुटेको हो।

 

बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुनेछ। एमालेको सचिवालयमा १९ जना पदाधिकारी सम्मिलित छन्।

बुधबार १९ माघ २०७८ ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया