×

राष्ट्रियसभाबाट तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

images

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतका लागि प्रस्तुत गरेका थिए। प्रस्तावलाई अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो । सभाको अर्को बैठक यही माघ २३ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

सोमबार २० माघ २०८२ ०७:४० PM मा प्रकाशित

प्रतिक्रिया