×

विमानस्थलमा नौ किलो सुनसहित एक जना पक्राउ

images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका नागरिक मोहम्मद कमाल माहगौब पक्राउ परेका छन् । 

गएराति दुबईबाट काठमाडौं ओर्लिएका  माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको थाहा भएको छ । उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ। 
 

बिहीबार १९ माघ २०७९ १०:०३ AM मा प्रकाशित

प्रतिक्रिया