×

नगरप्रमुखको उपस्थितिमा " स्वराज्य शंखघोष" पुस्तक माथिको चर्चा

images


काठमाडौ ।शंखरापुर नगरपालिका द्वारा आयोजना भइरहेको " शंखरापुर महोत्सव " का अबसरमा" स्वराज्य शंखघोष" पुस्तक माथि बिमर्श कार्यक्रम को आयोजना गरिएको थियो । शंखरापुर नगरपालिका का मेयर रमेश नापित प्रमुख अतिथिका का रुपमा उपस्थित हुनुहुन्थ्यो भने पुस्तक माथिको समिक्षा यछु जोशी तथा कवि महेश प्रसाईं ले गर्नु भएको थियो।

न्यायिक समिति का सदस्य ,शंखरापुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा पुस्तक का प्रकाशक लाइफ रिसर्च एण्ड पब्लिकेसन्स का डाइरेक्टर रेणुका खरेलको पनि उपस्थिति रहेको थियो ।पुस्तक का सम्बन्धमा लेखक केशवप्रसाद चौलागाईंले द्वन्द्व व्यवस्थापन देखि सम्पदा संरक्षणका बिषय मा प्रकाश पार्नु हुदै भविष्यमा सौम्य शक्तिको उचित प्रयोग स्थल बन्ने कुरा अवगत  गराउनु भएको थियो ।


श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु: शुक्लाम्बरामल्लिका
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता।
सर्वज्ञाननिदानपुस्तकधरी रूद्राक्षमालाधरी
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्।।
प्रत्येक वर्ष स्वस्थानी कथा प्रारम्भ गर्दा हातमा फुल अक्षता लिएर पढ्ने मन्त्रले शंखरापुर स्थित शालीनदीको पनि स्मरण गराउने गर्दछ।


शंख आकारको शहरका रुपमा ख्याति प्राप्त शंखरापुर नगरपालिका छुट्टै पहिचान बनाउन सफल रहेको देखिन्छ ।बैचारिक ,सैद्धान्तिक रुपमा पनि फरक पहिचान बनाउन सक्ने " स्वराज्य शंखघोष" पुस्तक यहाका लागि अनुकरणीय बन्ने देखिन्छ ।सिद्ध बज्रयोगीनी मन्दिर देखि अष्ट भैरब,अष्टविनायक,अष्टमात्रिकाको आशिर्वाद रहेको यो शहर साधना सिद्धिका लागि पनि उपयुक्त स्थल रहेको पाइन्छ ।

मौलिक संस्कृति झल्कनु का साथै मौलिक अभ्यासको पर्खाइमा रहेको यो नगरपालिकाले " स्वराज्य शंखघोष"का  आधारमा मौलिक शासकीय चरित्रलाई सफल बनाउन सक्नेछ ।स्कन्द पुराणले वर्णन गरेको " लावण्य देश" झै" स्वराज्य भूमि " का रुपमा यहि संबिधान अन्तरगतनै रहेर पनि सम्मानित गराउन सक्नेछन् ।पुस्तकमा संग्रहीत " स्वराज्य भागवत" अध्यायले स्थानीय सरकारलाई सुशासन ,मेलमिलाप ,सामाजिक न्याय,शासकीय ज्ञान दिलाउन मद्दत गर्नेछ ।"

न्यायिक समिति ,द्वन्द्व व्यवस्थापन र मेलमिलाप " शिर्षक को अध्यायले उपमेयरको नेतृत्वमा मेलमिलापको ज्ञारन्टि तथा शासकीय कमजोरी हटाउदै चुस्त सरकार सञ्चालनमा सहयोग पुर्याउनेछ।धार्मिक पर्यटन,राष्ट्रिय सुरक्षा का साथै स्वतन्त्र परराष्ट्र नीति सञ्चालनमा समेत " आर्यावर्त" को अबधारणाले सहयोग पुर्याउनेछ।स्पर्शनिय तथा अस्पर्शनिय सम्पदाहरुको संरक्षण तथा सम्वर्धन मार्फत  " संस्कृति ,स्वराज्य र समाजवाद" को नवीन अबधारणालाइ स्थापित गर्न सक्नेछ ।

दातृ निकायको सहयोग बिनानै पनि प्रशिक्षणका कार्यक्रम सञ्चालन गरि मौलिक शासकीय अभ्यास गर्न सक्नेछ।स्थानीय शिक्षा मा संस्कृतिको पठन पाठन संगै सबैले आफ्नो ठान्ने " स्वराज्य" को ज्ञान प्राप्त गरि मौलिक चिन्तनको शंखघोष गर्न सक्नेछ ।स्वराज्य शंखघोष" शंखरापुर शंखघोषका रुपमा रुपान्तरित हुनेछ ।समाज परिवर्तनको कारक बन्नेछ ।


गोरखा सैनिक कोटमा कटकमा कैलाशका कुटमा
गङ्गाका तटमा हिमाल मुकुटमा राष्ट्रध्वजा भोटमा।
हल्ली हल्ली वतासले विजयका वाजासितै तालमा
लम्क्यो लम्किरहोस सदा अटल यो शार्दुलका चालमा। नगर प्रमुखको उपस्थितिमा शंखरापुरबाट स्वराज्य शंखघोष  हुनुले शालिनदीमा भइरहेको श्रीस्वस्थानी व्रत तपस्या को महत्त्व र इतिहासलाई स्मरण गराएको छ।भक्तहरुका साथै विद्वानहरुको पनि ध्यानकर्षण गराउन सफल भएको छ।

आइतबार​ २० माघ २०८१ ०६:५१ AM मा प्रकाशित

प्रतिक्रिया