×

मन्टेस्वरी एसोसिएसन नेपाललाई TAFISA  को सदस्यता प्राप्त

images

काठमाडौँ, १५ मङ्सिर : मन्टेस्वरी एसोसिएसन नेपालले TAFISA  (The Association For International Sport For All) को सदस्यता प्राप्त गरेको  छ । गत नोवेम्बर १ देखी ५ सम्म जर्मनीको दुस्सेल्दोर्फ शहरमा TAFISA, World Congress को २९सौ विश्व सम्मेलनले नेपालको (MAN) म्यानलाई औपचारिक रुपमा सदस्यता प्रदान गरेको हो ।  

सो जानकारी म्यानका केन्द्रिय अध्यक्ष् सुश्मा लामाले दिनु भयो । सो विश्व सम्मेलनमा म्यानका तर्फबाट अध्यक्ष् सुश्मा लामा लगायत ३ जनाको सहभागीता थियो । सो कार्यक्रममा नेपालको झन्डा फहराउन पाउदा सहभागी सबै हर्षबिभोर भएका थिए । जर्मनीमा केन्द्रिय कार्यलय रहेको TAFISA विश्वमै खेलकुद सम्बन्धी प्रसिद्ध संस्था हो ।

नेपालमा शैक्षिक अनुगमनको कमी कमजोरिको फाईदा उठाइ मन्टेस्सरीको तालिमको नाममा बिक्रिती फैली रहेकोको सन्धर्भमा अब यो संस्थाले आँफै मन्टेस्वरी तालिम सन्चालन गरिएको पनि उहाले जानकारी गराउनु भयो । हाल यस संस्थाले आफ्नै मन्टेस्वरी तालिम केन्द्र स्थापना गरी सन्चालनमा ल्याएकोछ । भबिस्यमा काठमाडौं बाहिरपनी सो तालिम केन्द्र बिस्तार गर्ने योजना यस संस्थाको रहेको छ ।

शुक्रबार​ १५ मंसिर २०८० ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया