×

समानुपातिक मत- कसले कति मत पाए?

images

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ। बिहीबार बिहान सम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५९१ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ। यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १५८ मत पाएको छ।

बिहीबार १५ मंसिर २०७९ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया