काठमाडौं । चुनाव अघि पार्टी एकताको अभियानमा रहेका कम्युनिष्ट पार्टीहरुमा बबण्डर मच्चिएको छ । माओवादी केन्द्रसँगको एकताको निर्णय गरेको एक्रिकृत समाजवादी फुटने निश्चित भएको छ भने अब माओवादी केन्द्रमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने अवाज उठेको छ ।
शनिबारको माओवादीको सचिवालय बैठकमा जनार्दन शर्माले एकीकृत समाजवादीसँग गर्न लागिएको एकताप्रति आपत्ति जनाएका छन् । पेरिसडाँडामा बसेको सचिवालय बैठकमा शर्माले माओवादी आन्दोलनको पहिचान मेट्नेगरी एकता गर्न नहुने भन्दै एकता प्रक्रिया तत्काल रोक्नुपर्ने धारणा राखेका हुन् ।
बैठकबाट बाहिरिँदै शर्माले आफुले केन्द्रीय कमिटीको बैठकमा कस्तो प्रस्ताव आउछ भन्ने आफुले हेर्ने बताउदै पार्टीमा आन्तरिक एकतालाई सुदृढ नगरी अन्य दलसँग एकता गर्न नहुने आफुले धारणा राखेको बताएका छन् ।
प्रतिक्रिया