×

एन्फा बैठकमा पदाधिकारीबीच झण्डै हात हालाहाल

images

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद बढ्दै गएको छ। अध्यक्ष पंकज नेम्वाङ एक पक्षीय रुपमा अघि बढेको आरोपपबीच बुधबार कार्यसमिति बैठक बसेको थियो। बुधबार बिहान ८ बजे बस्ने गरी बोलाइएको बैठक ढिलो गरी सुरु हुँदा पनि विवाद भएको हो।

यो बैठकका लागि ११ वटा एजेन्डा तय गरिएको थियो। अध्यक्ष नेम्वाङले उक्त प्रस्तावमा उल्लेखित एजेन्डालाई बैठकमा अघि बढाउन नसकिने अडान लिएपछि  कार्यसमिति सदस्यहरुबीच बैठकमै धकेलाधकेल भएको हो। 

अध्यक्ष नेम्वाङले आफूहरुको कुरा नसुनेको भन्दै आक्रोशित केन्द्रीय सदस्यहरुले बैठकबाट उठेर टेबुल ठोकेका थिए। दुई पक्षका केन्द्रीय सदस्यहरुबीच भनाभनसँगै धकेलाधकेल नै भएको हो। त्यसक्रममा टेबलको सिसा समेत फुटेको छ ।

२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए । 

बुधबार १७ फागुन २०७९ ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया