१,
नारामै सिमित घोषणापत्रको मर्दन गरिदेऊ
सदनमा भूँईमान्छेकै आवाज गर्जन गरिदेऊ
कहिल्यै नबुझिने वाद अब नरटाऊ नेताजी
सबैले बुझ्या मलखादकै प्रवद्र्धन गरिदेऊ ।
२,
पाइला पाइलामा एउटा नजिर गाठ्यो मान्छेले
नीति नियम नैतिकता क्रमशः फाड्यो मान्छेले
दलाली विचौलियाकै भर पर्न थालेपछि
आफैंले आफैंलाई विश्वास गर्न छाड्यो मान्छेले ।
३,
नविर्सौं कसैले इतिहास मेटिएको थाहा छैन्
छिमेकीको दुःख हर्न छिमेकी रेटिएको थाहा छैन्
एकापसमा आरोप प्रत्यारोपको केहि अर्थ छैन्
संस्कृति बेचेर संस्कार भेटिएको थाहा छैन् ।
४,
हँसिलो मुहार भित्र खुशी टन्न हुने भए
भित्र अल्झेका जिज्ञासा खुलस्त भन्न हुने भए
किन अहोरात्र दौडधुपमा सामेल हुनुपथ्र्याे र ?
यदि मान्छे जन्मसिद्द सम्पन्न हुने भए ।
प्रतिक्रिया