🙏 शनिदेवको दिन!
आजको दिन - शनिबार, शनि र चन्द्रको योग, कालो तिल दान गर्दा शुभ
१२ राशिको पुरा फल:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कर्म: आज हतार नगर्नुस्। Film को कागजपत्रमा ढिलाइ हुन सक्छ तर अन्त्यमा बन्नेछ।
धन: खर्च धेरै हुनेछ। घरायसी सामानमा पैसा जानेछ।
प्रेम: परिवारसँग समय बिताउनुस्, मन खुशी हुनेछ।
स्वास्थ्य: टाउको र आँखामा ध्यान दिनुस्।
उपाय: शनिदेवको मन्दिरमा तेल चढाउनुस्। शुभ अंक - ९
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कर्म: आज मेहनतको फल मिल्ने दिन। व्यापारमा ग्राहक बढ्नेछन्।
प्रेम: पुरानो साथीसँग भेट, रमाइलो कुराकानी।
पैसा: सानो लगानीबाट ठूलो फाइदा।
शुभ: रंग - निलो, अंक - ६
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्म: सरकारी काममा सफलता। जागिरमा प्रमोशनको खबर आउन सक्छ।
धन: उधारो पैसा उठ्नेछ।
स्वास्थ्य: पेट र छातीमा समस्या हुन सक्छ।
सल्लाह: आज कसैलाई वचन नदिनुस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्म: भाग्य बलियो छ। रोकिएका काम आज बन्नेछन्।
यात्रा: तीर्थ यात्राको योग छ।
पैसा: धर्म कर्ममा खर्च हुनेछ तर मन शान्त हुनेछ।
शुभ रंग: सेतो
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्म: आज अल्छि नगर्नुस्। प्रतिस्पर्धीले जित्न सक्छन्।
धन: आकस्मिक खर्च, गाडी बिग्रन सक्छ।
प्रेम: जीवनसाथीसँग मनमुटाव हुन सक्छ, बोलीमा ध्यान दिनुस्।
उपाय: सूर्यलाई जल चढाएर दिन सुरु गर्नुस्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कर्म: पार्टनरशिपमा फाइदा। Joint काम आज शुभ।
पैसा: शेयर बजारबाट लाभ मिल्न सक्छ।
प्रेम: प्रेम सम्बन्धमा मजबुती आउनेछ।
सावधान: कागजमा सही गर्नु अघि राम्ररी पढ्नुस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्म: शत्रु धेरै छन् तर तपाईंको केही बिगार्न सक्दैनन्। मुद्दा जितिनेछ।
धन: ऋणबाट मुक्ति मिल्ने योग।
स्वास्थ्य: घुँडा दुख्ने समस्या।
शुभ: अंक - ५, रंग - हरियो
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कर्म: पढाइमा मन लाग्नेछ। विद्यार्थीलाई आज उत्कृष्ट।
प्रेम: सन्तानबाट खुशीको खबर।
पैसा: बोनस वा अतिरिक्त आम्दानी।
उपाय: हनुमान चालिसा पढ्नुस्।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
कर्म: घरमा विवाद हुन सक्छ, शान्त भएर बस्नुस्।
धन: जग्गा जमिनको कुरा आज नगर्नुस्।
यात्रा: यात्रा गर्दा सामान हराउन सक्छ ध्यान दिनुस्।
सल्लाह: आज घरमै बस्नु राम्रो।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कर्म: आज तपाईंको आफ्नै राशि स्वामीको दिन! सबैभन्दा बलियो दिन।
धन: ठूलो धन लाभ, नयाँ कामको थालनी।
प्रेम: मान सम्मान बढ्नेछ, ठूलो मान्छेले तारिफ गर्नेछ।
उपाय: कालो तिल र तेल दान गर्नुस्, शनिदेव खुशी हुनुहुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कर्म: KB Entertainment को लागि आज मेहनत बढी गर्नुपर्ला तर नाम कमाउने दिन।
प्रेम: परिवारको सहयोग मिल्नेछ।
पैसा: विदेशबाट पैसा आउने सम्भावना।
शुभ रंग: कालो र निलो
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कर्म: आज खर्च कटौती गर्नुस्। फजुल खर्च बढेको छ।
धन: कसैलाई पैसा सापटी नदिनुस् आज।
स्वास्थ्य: चिसो लाग्न सक्छ।
उपाय: पीपलको रुखमा पानी चढाउनुस्।
---
आज शनिबार - शनिदेवले न्याय दिने दिन। आज बिहान ८ बजे भन्दा अगाडि कुनै पनि नयाँ काम सुरु नगर्नुस्। १० बजेपछि सबै काम शुभ छ। कालो कपडा नलगाउनुस्, निलो लगाउनुस्।
प्रतिक्रिया